+
+
Shares

कोभिड उपचारका लागि पार्टी कार्यालय दिने कांग्रेस रुपन्देहीको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते १६:३०

२४ वैशाख, बुटवल । नेपाली कांग्रेस रुपन्देहीले आफ्नो पार्टी कार्यालय भवन अस्थायी कोभिड अस्पताल वा आइसोलेशन निर्माणको लागि दिने निर्णय गरेको छ ।

कांग्रेस रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको पछाडि २ वटा हल, ११ वटा कोठासहितको दुई तले भवन छ । उक्त भवन आइसोलेशन वा अस्थायी कोभिड अस्पतालका रुपमा प्रयोग गर्न दिने निर्णय गरिएको पार्टी जिल्ला सभापति अब्दुल रज्जाकले बताए ।

‘अस्थायी कोभिड अस्पताल वा आइसोलेशन बनाउन स्थानीय, प्रदेश, संघीय सरकार वा अन्य कुनै गैरनाफामुखी संस्थाले लिन चाहेको खण्डमा तत्काल प्रयोगमा दिने व्यवस्था मिलाइएको छ’– नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले बताए ।

कोरोना संक्रमण दर बढ्दै जाँदा सरकारी र निजी अस्पतालले मात्रै संक्रमितको उपचार थेग्न नसक्ने अवस्था देखेर पार्टी कार्यालयलाई कोरोना नियन्त्रणमा नआउंदासम्मका लागि दिने निर्णय गरिएको सचिव खांणले बताए ।

अस्पतालहरुमा बेड र अक्सिजन अभाव भएकाले तत्काल आपूर्तिको व्यवस्था गर्न कांग्रेस रुपन्देहीले सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?