+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

इसेवा मनि ट्रान्सफर र पेरु रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट रेमिट्यान्स भित्र्याउन सहज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते २१:३८

इसेवा मनि ट्रान्स्फर र अष्ट्रेलियाको चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै अब अष्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स् भुक्तानी सहज हुने भएको छ।

अष्ट्रेलियामा रहेका नेपालीहरूले आफैं कम्युटर वा मोबाइलबाटै कम शुल्कमा नेपालमा रहेको आफ्नो बैंक खाता तथा इसेवा वालेटमा रेमिट्यान्स पठाउन सकिने इसेवा मनि ट्रान्सफरले जनाएको छ। नेपालीहरुले रियल टाइममा नै पैसा पठाउने सक्ने बताइएको छ।

साथै, पेरू रेमिट मार्फत् पठाएको रकम इसेवा मनि ट्रान्सफरको देशभर रहेका आठ हजारभन्दा बढी एजेन्टबाट पाउन सकिने कम्पनीले जनाएको छ।

‘पेरू रेमिटसँगको सहकार्यले अष्ट्रेलियामा रहनुभएका नेपालीहरुलाई नेपालमा पैसा पठाउने भरपर्दो माध्यम बनेको छ। यो सम्झौताले अन्तर्राष्ट्रिय विप्रेषणलाई डिजिटलाइज गर्ने तथा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा थप टेवा पुर्याउने छ,’ सम्झौतापछि इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने।

‘अष्ट्रेलियामा बसिरहेका हामी नेपालीले नेपालमा आफ्ना आफन्तलाई पैसा पठाउँदा व्यहोर्नुपर्ने झन्झटसँगै पैसा पुग्छ वा पुग्दैन भन्ने डरलाई प्रविधिको प्रयोगबाट सुरक्षित, सरल एवम् बैधानिक बनाएका छौं। नेपाल पैसा पठाउन नेपालकै अग्रणी फिनटेक इसेवासँग सहकार्य गरी पेरू रेमिट अष्ट्रेलियाको रेमिट्यान्स सेवा लिएर तपाईँहरूको सेवामा आएको छ,’ पेरू रेमिटका प्रबन्ध निर्देशक इश्वर दाहालले भने।

अष्ट्रेलियाबाट गैरकानुनी रुपमा नेपाल भित्रिने रेमिट्यान्सलाई वैधानिक तवरले भित्राउँदा देशको अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा पेरु रेमिटको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?