Comments Add Comment

ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाऔं : राज्यमन्त्री मानन्धर

फाइल तस्वीर

२६ वैशाख, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशका ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने बताएका छन् ।

काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पतालको आइतबार अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले कोरोना संक्रमितको संख्या बढेर अस्पतालमा बेड अभाव भइरहेका बेला ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने बताएका हुन् ।

ती अस्पतालमा कोरोनाका बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधिक सहयोग सरकारले गर्ने उनले बताए ।

राज्यमन्त्री मानन्धरले सरकारले अक्सिजनको अभाव हुन नदिन र  महामारी नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेको दाबी गरे । कोरोना महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको उनको भनाइ छ ।

अहिलेको विशेष परिस्थितिमा स्वास्थ्य क्षेत्रमा अक्सिजन अत्यावश्यक रहेको हुँदा अन्य क्षेत्रमा यसको खपत नगर्न उनले उद्योगी व्यवसायीलाई आग्रह पनि गरे ।

जनमैत्री अस्पतालमा आइतबारदेखि ३० बेडको कोरोना अस्पताल सञ्चालन भएको हो । केही दिनभित्र ४० बेडको सघन उपचार कक्षसहित १२० बेड सञ्चालनमा ल्याइने अस्पतालका निर्देशक उमेश पाण्डेले जानकारी दिए ।

गत वर्ष महामारीमा भदौदेखि पुससम्म कोभिड बिरामीको उपचार गरेर अस्पताल पुनः बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment