Comments Add Comment

सेती प्रादेशिक अस्पतालमा थप सात संक्रमितको मृत्यु

२६ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल  र मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीका चार र कञ्चनपुरका तीन जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका–४ की ३७ वर्षीया महिला, वडा नम्बर १८ का ५० वर्षीय पुरुष, गोदावरी नगरपालिका–२ का ५८ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका–९ का ४२ वर्षीय पुरुषको मृत्यु भएको श्रेष्ठले बताए । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिला, पुनर्वास नगरपालिका–६ का ४२ वर्षीय पुरुष र वडा नम्बर ११ का ७४ वर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको श्रेष्ठले बताए ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६२३ जनाको नमुना परीक्षण गर्दा ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये धनगढी उपमहानगरपालिकाका मात्र २४० जना छन् भने कैलालीकै अन्य स्थानीय तहका ७३ जना र विभिन्न जिल्लाका १५ जना रहेको प्रादेशिक अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment