+

रेन्ससँग बराबरीमा रोकिएपछि पीएसजीलाई धक्का

२०७८ वैशाख  २७ गते ९:३० २०७८ वैशाख २७ गते ९:३०
रेन्ससँग बराबरीमा रोकिएपछि पीएसजीलाई धक्का

२७ वैशाख, काठमाडौं । फ्रेन्च लिग वानमा साविक विजेता तथा उपाधि दाबेदार पेरिस सेन्ट जर्मेन (पीएसजी) रेन्ससँग १-१ को बराबरीमा रोकिएको छ ।

बराबरीपछि पछि पीएसजीको उपाधि रक्षा गर्ने अभियानमा धक्‍का लागेको छ । शीर्ष स्थानको लिले भन्दा पीएसजी ३ अंकले पछि छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजीले अंक बाँड्नुपरेको हो । पहिलो हाफको इन्जुरी टाइममा नेइमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर ७० औं मिनेटमा सेह्रोउ गुइरासेले रेन्सका लागि बराबरी गोल फर्काए ।

८७ औं मिनेटमा प्रसनल किम्पेम्बेले रातो कार्ड पाएपछि पीएसजे १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

बराबरीपछि दोस्रो स्थानको पीएसजीले ३६ खेलबाट ७६ अंक जोडेको छ । समान खेलबाट ७९ अंकसहित लिले शीर्ष स्थानमा छ । यस्तै मोनाको ७४ अंकसहित तेस्रो स्थानमा छ । रेन्स भने ५५ अंकसहित सातौं स्थानमा छ ।

पीएसजी फ्रेन्च लिग वान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय