Comments Add Comment

आर्सनलसँग पराजित भएपछि वेष्टब्रोम रेलिगेशनमा

२७ वैशाख, काठमाडौं। प्रिमियर लिगमा आर्सनलसंग पराजित भएपछि वेष्टब्रोम रेलिगेशनमा परेको छ । गएराति घरेलु मैदान भएको खेलमा आर्सनलले वेष्टब्रोमलाई ३-१ ले पराजित गरेको हो ।

यस जितले आर्सनलको अर्को सिजन युरोपमा खेल्ने सम्भावना कायमै राखेको छ भने वेष्टब्रोम ३ खेल अघि नै रेलिगेशनमा पर्ने पक्का भएको हो । यसअघि नै शेफिल्ड युनाइटेड रेलिगेशनमा परिसकेको छ ।

एमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउन एमि समिथ रोवले २९औं, निकोलस पेपेले ३५औं ९०औं मिनट विलयनले गोल गरे। वेष्टब्रोमका लागि माथ्युएस पेरिएराले ६७औं मिनेटमा गोल गरेका थिए ।

जितपछि ३५ खेलबाट ५२ अंक जोड्दै आर्सनल नवौं स्थानमा उक्लिएको छ ।

वेष्टब्रोम भने समान खेलबाट २६ अंकसहित पूछारबाट दोस्रो स्थानमा छ । रेलेगसनबाट सुरक्षित स्थानभन्दा वेष्टब्रोम १० अंकले पछि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment