
२७ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट तीनजना महिलाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरी तीनजना महिलाको मृत्यु भएको हो ।
कोहलपुर नगरपालिका–१ की ७० वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–४ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको उनले बताए । ७० वर्षीया महिलाको सोमबार बिहान ११ बजे मृत्यु भएको हो । उनीमा वैशाख २७ गते संक्रमण पुष्टि भएको थियो । नेपालगञ्जकी ३५ वर्षीया महिलाको सोमबार दिउँसो १ बजे मृत्यु भएको उनले बताए । उनीमा वैशाख १४ गते संक्रमण पुष्टि भएको थियो ।
बाँकेकै खजुरा गाउँपालिका–१ की ६५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा सोमबार बिहान १०ः२० बजे मृत्यु भएको हो । उनीमा वैशाख २२ गते संक्रमण पुष्टि भएको थियो ।
सोमबार बिहान र आइतबार राति गरी यसअघि बाँकेमा उपचाररत थप तीनजना संक्रमितको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4