+
+
Shares

स्वास्थ्य मन्त्रालयले भन्यो- संक्रमितको अन्त्येष्टिमा २५ जनाभन्दा बढी सहभागी नगराउनू

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १८:१६
फाइल तस्वीर

२९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टिमा २५ जनाभन्दा बढी सहभागी नहुन अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मृतकको अन्त्येष्टि गर्दा आफ्नो धर्म परम्परा र संस्कृति अनुसार सम्बन्धित परिवार वा समुदायले २५ जना भन्दा बढी मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शव व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।

तर सो बमोजिम गर्न सम्भव नभएमा कोभिड १९ कार्यविधि अनुसार नेपाली सेनाले व्यवस्था गर्न भनेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?