Comments Add Comment

आर्सनलसँग चेल्सी पराजित

३० वैशाख, काठमाडौं । प्रिमियर लिगमा चौथो स्थानको चेल्सी आर्सनलसँग १-० ले पराजित भएको छ । लण्डन डर्बीमा चेल्सी घरेलु मैदानमै आर्सनलसँग पराजित हुँदा तेस्रो स्थानमा उक्ले अवसर गुमायो भने शीर्ष चार रहेर लिग सकाउने लक्ष्यमा पनि धक्का लागेको छ ।

स्टानफोर्ड ब्रिजमा भएको खेलको १६औं मिनेटमा आर्सनलका एमिली स्मिथ रोवले गोल गरे । उनले पिएरे एमरिक ओबामेयाङको पासमा गोल गरेका हुन् । त्यही गोल निर्णायक हुँदा आर्सनलले ३ अंक जोड्यो ।

हारपछि चेल्सी ३६ खेलबाट ६४ अंकसहित चौथो स्थानमै छ । तेस्रो स्थानमा उक्लने अवसर गुमायो । आर्सनल समान खेलबाट ५५ अंक जोड्दै आठौं स्थानमा उक्लेको छ ।

म्यानचेष्टर सिटीले तीन खेलअघि नै प्रिमियर लिगको उपाधि जितिसकेको छ भने सिटीसँगै म्यानचेष्टर युनाइटेड शीर्ष चारमा रहने पक्का भइसकेको छ ।

अब शीर्ष चामा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्नका लागी चेल्सीसंगै लेस्टर सिटी, वेष्टहम युनाइटेड, लिभरपुल, टोटनहम र एभरटन होडमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment