+
+
Shares

काठमाडौं महानगरले ३२ वटै वडामा खोप केन्द्र तोक्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३० गते १७:३२
फाइल तस्वीर

३० काठमाडौं । काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि सबै वडामा खोप केन्द्र तोक्ने भएको छ ।

पहिलो डोज लगाउने समयमा खोप केन्द्रहरु व्यवस्थित नहुँदा सर्वसाधरणको भिड अत्याधिक भएको र खोप केन्द्रहरुमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको भन्दै आलोचना भएपछि महानगरले दोस्रो डोज लगाउने कार्यलाई थप व्यवस्थित बनाउन लागेको हो ।

काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरिबहादुर कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको निर्णय अनुसार भेरोसेलको दोस्रो डोज लगाउने कामका लागि महानगरका सबै वडामा खोप केन्द्र स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए । महानगरले चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १८ वर्षदेखि ५९ वर्ष उमेरसम्मकाले लगाएको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेदेखि काठमाडौंको ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको उनले बताए ।

काठमाडौं महानगरपालिकाभित्र भेरोसेल खोपको पहिलो डोज लगाएकाहरु १ लाख २५ हजार भएपनि टोखा र बूढानीलकण्ठ नगरपालिकाका पनि आउन सक्ने सम्भावनालाई मध्यनजर गरी १ लाख ५० हजारलाई लगाउने गरी तयारी गरिएको कुँवरले बताए ।

उपत्यकाका तीन जिल्लाका १ लाख ५९ हजार जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?