
३० वैशाख, धनगढी । कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किंदा दुईजनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–६ मौरीफाँटास्थित भित्री सडकखण्डमा से १ त ४४४१ नम्बरको ट्याक्टर र से ३ प ३००५ नम्बरको मोटरसाइकल ठोक्किंदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका–६ का २८ वर्षीय प्रकाश रोकाया र ३० वर्षीय सुरेश जप्रेल रहेका छन् ।
गम्भीर घाइते अवस्थाका उनीहरुलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । दुवैको जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार भएका ट्रयाक्टर चालक धनगढी उपमहानगरपालिका–११ का ३० वर्षीय रनबहादुर चौधरीलाई कैलालीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4