Comments Add Comment

तनहुँमा टिपरको ठक्करबाट एकजनाको मृत्यु   

३१ वैशाख, तनहुँ । टिपरको ठक्करबाट गए राति तनहुँमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकीको मृत्यु भएको छ ।

दोलखा जिल्ला घर भई हाल इञ्जिनियरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार एकजना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्लाको डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको वाग्मती प्रदेश–२–०१८प ७८९३ नम्बरको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग १ क २८७७ नम्बरको टिपरले आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित पृथ्वीराजमार्गमा ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

टिपरले बिहीबार साँझ मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका चालक बुढाथोकीको तत्कालै उद्धार गरी पुरानो मेडिकल अस्पताल भरतपुर लगिएकामा उपचारका क्रममा भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त मोटरसाइकलमा पछाडि सवार रामेछाप जिल्ला गोकुलगङ्गा–४ बस्ने सोही पल्टनमा कार्यरत सिपाही २० वर्षीय अनिल खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलाई ठक्कर दिई फरार रहेको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment