Comments Add Comment

कोरोना संक्रमणबाट कञ्चनपुरमा थप ८ जनाको मृत्यु

३१ वैशाख, धनगढी । कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

महाकाली अस्पतालमा उपचाररत कञ्चनपुरका ७ र कैलालीका १ जना संक्रमितको शुक्रबार मृत्यु भएको स्वास्थ्य कार्यालयकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले जानकारी दिइन् ।

उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, बेलौरी नगरपालिकाका २ जना, वेदकोट नगरपालिका र पुनर्वास नगरपालिकाका १÷१ जना र कैलालीको गोदावरी नगरपालिकाका १ जनाको मृत्यु भएको छ ।

यस्तै शुक्रबार थप एक सय ११ जनामा संक्रमण पुष्टि भएको छ । महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ११ जनामा संक्रमण पुष्टि भएको भट्टले बताइन् । आजै एक सय १२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment