+
+
Shares

संक्रमितको शव जलाउने कर्मचारीलाई एक हजार प्रोत्साहन भत्ता : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १८:०५

३१ वैशाख, काठमाडौं । कोरोना महामारीबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका कर्मचारीले प्रति शव व्यवस्थापन गरेबापत एक हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने भएका छन् । पुनः नियुक्त भएपछि कार्यभार सम्हाल्न पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले यस्तो निर्णय गरेका हुन् ।

यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहासंस्कारमा सहभागी हुने कर्मचारी भत्ता पाउने सूचीमा थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने मन्त्रालयले जनाएको छ । उक्त अवसरमा उनले पर्यटन क्षेत्रको विकास र विस्तार भन्दा पनि उद्धार र राहतमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बजेट समेत सोही अनुसार आउने उनको भनाइ छ । कोभिड १९ का कारण थला परेको पर्यटन व्यवसायले राहत पाउने गरी नीति बनाउन उनले निर्देशन दिए । ठूलो दलको सरकारबाट बहुमतको हुँदै सुदृढ सरकार बन्ने भन्दै सरकार केही हुन्छ कि भनेर चिन्ता नगरी काम गर्न समेत उनले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?