+
+

वरिष्ठ चिकित्सक आईएल आचार्यको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १३:१२

२ जेठ, काठमाडौं । वरिष्ठ चिकित्सक डाक्टर आईएल आचार्यको ८३ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

दुई साता अघिदेखि स्टार अस्पतालमा उपचाररत डाक्टर आचार्यको आइतबार बिहान करिब ४ बजेको समयमा निधन भएको स्टार अस्पतालका डा. विश्व श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । डा. श्रेष्ठका अनुसार तीन दिनअघि मात्रै उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

पीसीआर रिपोर्ट नेगेटिभ आएपनि निमोनियाका कारण उनको निधन भएको डा. श्रेष्ठको भनाइ छ । कोभिड १९ संक्रमण भएपछि उनलाई स्टार हस्पिटलमा भर्ना गरिएको थियो ।

डा. श्रेष्ठका अनुसार उनी निदान अस्पताल, स्टार हस्पिटल, काठमाडौं हस्पिटल लगायतका अस्पतालमा सक्रिय थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?