+
+
Shares

तिलोत्तमा नगरपालिकाले बनायो ४० बेडको कोभिड अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते १४:५५

५ जेठ, बुटवल । कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ ।

तिलोत्तमा ९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा ४० बेडको अस्पताल बनाइएको हो । अस्थायी अस्पतालमा सेन्टर फ्लो सिष्टमबाट संक्रमितलाई आवश्यकता अनुसार अक्सिजन दिन सकिने व्यवस्था मिलाइएको छ ।

बुधबार नगर प्रमुख बासुदेव घिमिरेले कोरोना फोकल पर्सन केशव भट्टराईलाई चाबी हस्तान्तरण गर्दै अस्थायी अस्पतालको उद्घाटन गरेका छन् । सो अवसरमा नगर प्रमुख घिमिरेले शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चाप थेक्न नसक्ने देखिएपछि अस्थायी अस्पताल निर्माण गरिएको बताए ।

सभा हल भवनमा पर्याप्त पुर्वाधार रहेकाले क्रमशः एक सय बेड बनाएर संक्रमितको उपचार गर्न सकिने प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

अस्थायी अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा वडा नं. ९ का अध्यक्ष नारायण न्यौपानेसहितको एक समिति बनाइएको फोकल पर्सन केशव भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?