Comments Add Comment

रौतहटमा थपिए २५ जना संक्रमित, ५ जनाको मृत्यु

५ जेठ, रौतहट । रौतहटमा पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल गौरको पीसीआर ल्याबमा २०२ जनाको नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

यस्तै थप ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । अन्य दिनको तुलनामा बुधबार कोरोना संक्रमण दरमा कमी आएको तथ्यांकले देखाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । कोभिड अस्थायी अस्पताल गौरमा ३ जना र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा २ जनाको मृत्यु भएको हो । योसँगै रौतहटमा कोरोनाको दोस्रो लहरका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएपनि गौर अस्पतालमा आईसीयू, एचडीयू र भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment