+
+

रेम्डिसिभिर बढी मूल्यमा बेच्नेलाई थुनामा पठाउने सीडीओको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते १८:०२

५ जेठ, काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिरको कालोबजारी गरेको अभियोग लागेका व्यक्तिलाई थुनामा पठाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आदेश दिएका छन् ।

पराजुलीले कालोबजारी तथा केही सार्वजनिक अपराध तथा सजाय ऐनअनुसार सेवक फार्मेसीका सञ्चालक रसिक मियालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् ।

नेपाल प्रहरीको अपराध महाशाखाले २३ वैशाखमा उनलाई बसुन्धारा क्षेत्रबाट पक्राउ गरेको थियो । उनीमाथि ६ थान रेम्डिसिभिर औषधि ३० हजार पर्नेमा १ लाख २० हजार रुपैयाँमा बिक्री गरेको आरोप लागेको थियो ।

उनको फार्मेसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अगाडि थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले अनलाइनखबरसँग भने, ‘महामारीमा कालोबजारी गर्नु अक्षम्य अपराध हो, पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छु ।’

पराजुलीको आदेशपछि मियालाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?