+
+
Shares

एमाले स्थायी कमिटी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ६ गते ११:०१

६ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बिहीबार दिउँसो दुई बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकमा राष्ट्रियसभा उपनिर्वाचन र आगामी बजेटका विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेको आधिकारिक उम्मेदवार रामबहादुर थापा (बादल) छन् । कांग्रेस, माओवादी, जसपा लगायतका दलको समर्थनमा माधव नेपाल पक्षका खिमलाल देवकोटा पनि उम्मेदवार बनेका छन् । प्रधानमन्त्री ओलीले बादलको पक्षमा भोट हाल्न भने पनि नेपाल पक्षले असहयोग गरेको ओली पक्षको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?