
मित्रपार्कस्थित नेपाल भारत मैत्री(अस्पतालमा लायन्स क्लब अफ काठमाडौं, समर्पणको सहयोगमा बिहीबारदेखि १५ शय्याको कोभिड एचडीयू वार्ड सञ्चालनमा आएको छ ।
लायन्स क्लब अफ काठमाडौं, समर्पणले दुई वटा हाईफ्लो मेसिन र ६ वटा बिआइएपी मेसिन कोभिड बिरामीहरूका लागि नि:शुल्क रुपमा सेवा दिन अस्पताललाई प्रदान गरेको लायन्स समर्पणका अध्यक्ष दीपक बन्सलले जानकारी दिए ।
कोभिड–१९ को दोस्रो लहरले नेपालमा पनि निकै कठिन अवस्था सृजना गरेको अहिलेको अवस्थामा अझै आवश्यकता अनुसार जीवन रक्षक उपकरणहरु एचडियू वार्डमा उपलब्ध गराउने समर्पणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4