+
+

स्रोत नखुलेको २२ लाख नगदसहित विराटनगरबाट तीनजना पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ६ गते १९:५४

६ जेठ, विराटनगर । विराटनगरबाट २२ लाख रुपैयाँसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो विराटनगरबाट २२ लाख ८ हजार रुपैयाँसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ का २५ वर्षीय श्रवण साह, रङ्गेली नगरपालिका–१ बबियाविर्ताकी २५ वर्षीया जिज्ञासा चौधरी र विराटनगर–१३ का ३३ वर्षीय अमृतकुमार साह सुडी छन् ।

बिहीबार विराटनगर महानगरपालिका–११ रोडशेष चोकमा २५ वर्षीय साहले बोकेको झोलाबाट २१ लाख ७१ हजार पाँच सय र उनीसँगै रहेकी चौधरीको साथबाट २३ हजार भारतीय रुपैयाँ बरामद भएको हो ।

मोटरसाइकलमा रहेका उनीहरुलाई रोडशेष चोकमा चेकजाँच गर्ने क्रममा रकम भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका साह र चौधरीको बयानपछि प्रहरीले अमृतलाई घरबाटै पक्राउ गरेको हो ।

अमृतको घरमा खानतलासी गर्दा मोबाइल, नगद भौचर, डिपोजिट रसिदसमेत बरामद भएको डीएसपी राईले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा अमृतले दुई जनालाई काममा पठाएको देखिएको उनले बताए । उनीहरुले गत चैत यता ह्वाटस एपमार्फत कारोबार गरिरहेको देखिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?