Comments Add Comment

भारतमा २४ घण्टामा ४२ सयभन्दा बढीको मृत्यु

७ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण ४ हजार २०९ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा थप २ लाख ५९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ६० लाख नाघेको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट २ लाख ९१ हजार ३३१ जनाको मृत्यु भइसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा कोरोनाका ३५ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् भने केरलामा नयाँ संक्रमितको संख्या ३० हजारभन्दा धेरै छ । महाराष्ट्रमा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिँदा कर्नाटकमा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा बढी छ ।

पछिल्लो केही समययता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा केही कमी आएको देखिएको छ । यद्यपि, कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन ।

भारतमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३० लाखमा झरेको छ । भारतमा अहिलेसम्म १९ करोड १८ लाख डोजभन्दा धेरै खोप मानिसहरुलाई दिइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment