Comments Add Comment

‘ताउ ते’का कारण अजयको ‘मैदान’को सेट ध्वस्त हुँदा ३० करोड नोक्सान

भारतमा चक्रवाती तुफान ‘ताउ ते’का कारण ठूलो क्षती भयो । भारतको महाराष्ट्रमा पनि ताउ तेको असर देखिएको छ । ताउ तेका कारण बलिउड नगरीलाई पनि ठूलो क्षती पुगेको छ । नायक अजय देवगणको मुख्य भूमिका रहेको चलचित्र ‘मैदान’को सेट तुफानका कारण ध्वस्त भएको छ । यसबाट निर्माताले ३० करोड भन्दा बढी घाटा व्यहोर्नुपर्नेछ ।

चलचित्रका निर्माता बोनी कपुरले यो सेट तयार गर्नका लागि ३० करोड भन्दा बढी खर्च भैसकेको र काम अझै नसकिएको उल्लेख गरेका छन् । बोनीले भारतीय मिडियासँग भनेका छन्–‘सेट पूर्ण रुपमा नै ध्वस्त भएको छ । अब, हामीले तेश्रो पटक यो चलचित्रको लागि सेट बनाउनुपर्नेछ । पहिलो पटक लकडाउन भएपछि हामीले तयार भएको सेट तोड्नुपरेको थियो । यदि, लकडाउन नभएको भए यतिबेलासम्म चलचित्रको छायांकन सकिन्थ्यो । तुफानका कारण पिचको छोडेर सेट सबै खराब भएको छ ।’

भारतीय मिडियाका अनुसार, यो सेटलाई वचाउनका लागि चलचित्रको निर्माण टिमले कोशिश गरेको थियो । तर, सेट पूर्ण रुपमा ध्वस्त हुँदा निर्माताले ठूलो नोक्सानी व्यहोर्नुपरेको हो ।

यो सेटमा नायक अजय देवगणले धेरै दृश्य छायांकन गर्ने तयारी गरेका थिए । तुफान आएको समयमा सेटमा ४० जना मानिसहरु उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment