Comments Add Comment

टोकियोमा आपतकालीन अवस्था रहेपनि ओलम्पिक हुन्छ : जोन कोट्स

८ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका उपाध्यक्ष जोन कोट्सले जापानको टोकियोमा आपतकालीन अवस्था रहेपनि यस सिजनको ग्रीष्मकालीन ओलम्पिक हुने बताएका छन् ।

जापानको राजधानी टोकियो कोरोना भाइरस महामारीका कारण मे ३१ सम्म आपतकालीन अवस्थामा रहेको छ । संक्रमितको संख्यामा वृद्धि भएपछि टोकियोमा आपतकालीन अवस्था घोषणा गरिएको थियो र अहिले विस्तारै संक्रमण घट्ने क्रम सुरु भएको छ ।

‘आपतकालीन अवस्थामा पनि पाँच खेलका परीक्षण इभेन्टहरु हामीले सफलतापूर्वक देख्यौँ,’ कोट्सले भने ।

कोरोना महामारीकै कारण एक वर्ष पछि सारिएको टोकियो ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म हुने तय गरिएको छ । खेलकुदको महाकुम्भ सुरु हुन अब दुई महिना मात्र बाँकी रहँदा अझै पनि हुन्छ हुँदैन भन्ने धेरैलाई शंका छ ।

यस्तै केही खेलहरुको अझै छनोट प्रतियोगिता भइरहेको छ भने केहीको हुन बाँकी छ ।

जापानमा हालै गरिएको एक सर्वेक्षणले करिब ७० प्रतिशत जनताले ओलम्पिक नहोस् भन्ने चाहेका छन् ।

गत वर्ष नै हुनुपर्ने ओलम्पिक खेल सुरक्षित रुपमा आयोजना गर्नका लागि कुनै प्रश्न नभएको भन्दै जापानले लामो समयदेखि भन्दै आएको छ ।

कोट्सले कोभिड–१९ को खोप लगाउने संख्या बढ्दै जाँदा सर्वेक्षणमा पनि फरक हुने बताएका छन् ।

बीबीसीको टोकियो संवाददाता रुपर्ट विनफिल्ड हायसले जोन कोट्सको भनाइबाट अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी टोकियो ओलम्पिक रद्द गर्ने कुनै पनि मनसायमा नरहेको स्पष्ट देखिएको विश्लेषण गरेका छन् ।

कोभिड–१९ को संक्रमणले टोकियो अहिले आपतकालीन अवस्थामा रहेको र जापान सरकारले वृद्धलाई खोप दिन सुरु गरिसकेको हायसले बताएका छन् । तर अहिलेसम्म जम्मा ५ प्रतिशतले मात्र पहिलो डोजको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment