
९ जेठ, काठमाडौं । म्यानमारको सेनाका प्रमुख मिन औङ हलिङले प्रजातन्त्रवादी नेतृ आङ सान सुकी स्वस्थ रहेको बताएका छन् । गत फेब्रुअरी महिनामा निर्वाचित सरकारलाई हटाउँदै कू गरेयता पहिलोपटक सेनाका प्रमुखले अन्तर्वार्ता दिएका हुन् । उनले अबको केही दिनमा सुकीलाई अदालतमा पेश गरिने बताएका छन् ।
सुकी अहिले म्यानमारमा नजरबन्दमा छिन् र सेनाले सत्ता कब्जा गरेयता उनी सार्वजनिक रुपमा देखिएकी छैनन् । म्यानमारको सेनाले गत वर्षको नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएकाले सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएको बताउँदै आएको छ । उक्त निर्वाचनमा सुकीको पार्टीले भारी बहुमतसहितको जित हात पारेको थियो ।
म्यानमारको सेनाले सत्ता आफ्नो हातमा लिएसँगै म्यानमार अशान्त बनेको छ । त्यसयता अहिलेसम्म म्यानमारका सेनाविरुद्ध भएको आन्दोलनमा आठ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने चार हजारभन्दा धेरै मानिस पक्राउ परिसकेका छन् ।
बिहीबार म्यानमारका सेना प्रमुखले हङकङको टेलिभिजनलाई अन्तर्वार्ता दिएका हुन् ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4