Comments Add Comment

नागरिकता अध्यादेश ल्याउनु दूषित मनसाय : विवेकशील साझा पार्टी

१० जेठ, काठमाडौं । विवेकशील साझा पार्टीले नागरिकताजस्तो गम्भीर विषय संसद् छलेर कुनै दलहरूबीचको सौदाबाजीका रूपमा अध्यादेशबाट ल्याइनु गलत भएको बताएको छ ।

प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा अध्यादेशले केही महत्वपूर्ण विषयलाई सकारात्मक रुपमा सम्बोधन गरे पनि त्यसको प्रक्रिया र उद्देश्य गलत भएको उल्लेख गरिएको छ ।

‘नागरिकताजस्तो अत्यन्तै गम्भीर विषयलाई संसद् छलेर अमुक दलहरूबीचको सौदाबाजीका रूपमा अध्यादेशबाट राजनीतिक रूपमा संवेदनशील समयमा ल्याइनु पूर्णतः कुत्सित र दूषित मनसायबाट प्रेरित देखिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकले नागरिकता प्राप्त गरेको मितिपछि जन्मिएको सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नु न्यायसङ्गत हुने भन्दै विवेकशील साझा पार्टीले ये व्यवस्थाको स्वागत गरेको छ ।

तर नेपाली पुरुषले विदेशी महिला विवाह गरे उनले तुरुन्तै नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरे ती पुरुषले नागरिकता लिन कठिन हुने प्रावधान विभेदकारी रहेको विवेकशील साझा पार्टीले बताएको छ । ‘पुरुष र महिला दुवै समान अधिकारको हकदार छन्। अध्यादेश त्यसमा चुकेको छ’ प्रवक्ता पाठकले भनेका छन् ।

नेपालीसँग विवाह गर्ने पुरुष या महिला जो भए पनि उनीहरूले नेपाली नागरिकता पाउनुअगाडि संविधानका अन्य सर्तहरू पूरा गर्नुका साथै ७ वर्ष नेपालमा स्थायी बसोबास गरेको हुनुपर्ने विवेकशील साझा पार्टीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment