Comments Add Comment

बाँकेमा जारी निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बियो

फाइल तस्वीर

१० जेठ, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि बाँकेमा लगाइएको निषेधाज्ञा जेठ १७ गतेसम्म लम्ब्याइएको छ । सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालद्वारा जारी आदेशमा कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले जेठ १७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने जनाइएको छ ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै प्रकारका सवारी साधन, पसल व्यवसाय, हाटबजार सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । यस्तै अत्यावश्यक काममाबाहेक हिंडडुल गर्न पनि निषेध गरिएको आदेशमा उल्लेख छ ।

दैनिक उपभोग्य वस्तुका पसल भने बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आदेशको अवज्ञा वा अवहेलना गर्ने तथा काममा बाधा पु¥याउने व्यक्तिलाई कानून बमोजिम कारबाही हुने समेत प्रशासनले चेतावनी दिएको छ ।

दोस्राे लहरको कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि बाँकेमा वैशाख १३ गतेदेखि निषेधाज्ञा लागू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment