Comments Add Comment

युरोकपका लागि स्पेनको टिम घोषणा, रामोस परेनन्

१० जेठ, काठमाडौं । आगामी जून ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकपका लागि स्पेनको टिम घोषणा भएको छ । प्रशिक्षक लुइस एनरिकेले सोमबार युरोकपमा लागि २४ सदस्यीय टोली घोषणा गरे । जसमा कप्तान सर्जियो रामोस नै अटाएनन् ।

यस वर्ष सुरुवातदेखि चोटसँग संघर्ष गर्दै आएका रामोसलाई टिम बाहिर राख्नु कठिन निर्णय भएको र उनीसँग कुरा गरेर नै निर्णय गरेको एनरिकेले बताए । उनले रामोसपछि टिममा फर्कने विश्वास व्यक्त गरे ।

यस्तै उमेर समूहमा फ्रान्समा खेलेका एमरिके लापोर्टे पनि स्पेनको टिममा परेका छन् । उनले फ्रान्सको सिनियर टिममा परे पनि डेब्यु गर्न पाएका थिएनन् । केही समयअघि मात्र उनले स्पेनबाट खेल्न सक्ने भनेर फिफाले स्वीकृति दिएको थियो । उनीसँग दुवै देशको नागरिकता छ ।

उता गोलकिपर केपा पनि टिममा अटाउन सकेनन् । कोरोना महामारीले गर्दा यस पटक युरोमा २६ खेलाडी राख्न पाउने प्रावधान भए पनि स्पेनले २४ सदस्यीय टोली घोषणा गरेको हो ।

टिममा ३ गोलकिपर, ७ डिफेण्डर, ७ मिडफिल्डर र ७ फरवार्ड रहेका छन् । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीबाट खेल्ने सर्वाधिक ४ खेलाडी टिममा परेका छन् ।

यस्तै स्पेनिस क्लब बार्सिलोनाबाट ३ तथा एट्लेटिको मड्रिडबाट २ खेलाडी टिममा पर्दा रियल मड्रिडबाट कुनै पनि खेलाडी अटाएनन् । रामोससँगै रियल मड्रिडका डानी कार्भाजल पनि चोटका कारण यो सिजन पूरा खेल्न पाएनन् र टिममा परेनन् ।

२४ सदस्यीय स्पेनको टिम

गोलकिपर : डेभिड डे हेअ, उनाई सिमोन, रोबर्ट सान्चेज

डिफेण्डर : जोर्दी अल्वा, सेजार अजप्लिकुएटा, जोस गाया, एरिक गार्सिया, डिएगो लरेन्टे, पाउ टोरेस, एमरिक लापोर्टे

मिडफिल्डर : सर्जियो बुस्केट, कोके, थियागो अलकान्टार, रोड्र्री, फाबियन रुइज, मार्कवस लरेन्टे, पेड्री

फरवार्ड : अल्भारो मोराटा, मिकेल ओयाजाबाल, डानी ओल्मो, जेरार्ड मोरेनो, फेरान टोरेस, एडामा ट्राओर, पाब्लो साराबिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment