Comments Add Comment

निषेधाज्ञाले बढायो ‘कर्पोरेट पे’ को लोकप्रियता

११ वैशाख, काठमाडौं । सञ्चालनमा आएको तीन महीनामा ‘कर्पोरेट पे’मा निषेधाज्ञाका कारण थप आकर्षण बढेको पाइएको छ । ठूला बैंकिङ कारोबार अनलाइनबाटै गर्न सकिने ‘कर्पोरेट पे’मा निषेधाज्ञाले थप आकर्षण बढेको हो ।

गत माघमा मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसको शुरुआत गरेका थिए । पछिल्लो समय वालेट र कनेक्ट आईपीएसको प्रयोग बढे पनि चेक बोकेर बैंक काउन्टरमा पुग्नुपर्ने बाध्यता थियो ।

यही बाध्यता अन्त्य गर्न भन्दै दैनिक २० करोड रुपैयाँसम्म कारोबार गर्न सक्ने गरी कर्पोरेट पे सञ्चालनमा आएको हो ।

हालसम्म कर्पोरेट पे प्रणालीमा बैंक वित्तीय संस्थाहरूले २५० भन्दा बढी व्यावसायिक ग्राहकहरू आबद्ध गराइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वैैशाखसम्म करीब ३ खर्ब रुपैयाँ भुक्तानी कारोबार फछ्र्योट गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका निर्देशक निश्चल अधिकारी कर्पोरेट पेको राम्रै प्रभावकारिता देखिएको बताउँछन् । यसले ठूला कारोबार गर्नका लागि कर्पोरेट हाउसहरूले बैंक जानैपर्ने बाध्यता हटाइदिएकाले छोटो समयमै प्रयोगकर्ता बढेको उनी बताउँछन् ।

हालसम्म कर्पोरेट पे प्रणालीमा बैंक, वित्तीय संस्थाहरूले २५० भन्दा बढी व्यावसायिक ग्राहकहरू आबद्ध गराइसकेका छन् । कम्पनीका अनुसार वैैशाख अन्तिमसम्म करीब ३ खर्ब रुपैयाँ भुक्तानी कारोबार फछ्र्योट गरिसकेका छन् ।

निषेधाज्ञाका कारण व्यावसायिक हाउसलाई बैंकिङ कारोबार गर्न अप्ठेरो अवस्था सिर्जना भएको थियो ।

मोबाइल बैंकिङबाट दैनिक केही लाख रुपैयाँको मात्रै कारोबार हुन्छ । जसका कारण ठूला कारोबार गर्नेहरूका लागि मोबाइल बैंकिङले काम गर्न सक्ने अवस्था थिएन ।

यो विषम परिस्थितिमा पनि ठूला व्यावसायिक हाउस तथा कम्पनीहरूले ‘कर्पोरेट पे’मार्फत कारोबार गरे ।

गत वर्ष मात्रै नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरूलाई लक्षित गर्दै कर्पोरेट पे प्रणाली सञ्चालनमा ल्याएको थियो ।

‘निषेधाज्ञाका बेला बैंक जान सहज थिएन, ठूला बैंकिङ कारोबार पनि घरमै बसेर गर्न कर्पोरेट पेले सहज बनाइदियो’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधान भन्छन्, ‘अहिले त झन् लोकप्रियता बढेको छ, व्यावसायिक ग्राहकहरूमा यसको राम्रो छाप प¥यो ।’

बैंकमा नगई आफैंले फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानी सजिलै गर्ने क्रम वृद्धि हुँदा यस प्रणालीको लोकप्रियता दिनानुदिन बढ्दै गएको कम्पनी बताउँछ ।

कसरी हुन्छ कारोबार ?

यस प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबार गर्न सकिने व्यवस्था छ ।

सो प्रणालीमा हाल ३२ भन्दा बढी बैंक वित्तीय संस्था आवद्ध छन् । जसमध्ये २० वटाले सेवा सञ्चालन गरिसकेका छन् । कम्पनीका अनुसार अन्यबाट ग्राहकहरूलाई सेवा प्रदान गर्न आवश्यक पहल भइरहेको छ ।

कर्पोरेट पेमा आबद्ध हुन ग्राहकले आफ्नो बैंक वित्तीय संस्थामा सम्पर्क गर्नुपर्ने हुन्छ । माग गरिएका कागजात पेश गरिएको आधारमा बैंकले स्वीकृति लगायतका आवश्यक प्रक्रिया पूरा गरेर सो सेवा उपलब्ध गराउँछ ।

ग्राहकले आवश्यकता अनुरुप यस प्रणालीमा एकभन्दा बढी बैंक वित्तीय संस्थाका खाता पनि लिंक गरी कारोबार गर्न सकिने सुविधा छ ।

हरेक प्रयोगकर्ताले आफ्नो लगइनको विवरण पहिलोपटक एक्टिभ गर्नुपर्छ । त्यसपछि ग्राहकका प्रयोगकर्ताले तोकिएको सीमा कारोबार भित्र कुनै पनि भुक्तानी बैंकको प्रत्यक्ष संलग्नता विना नै गर्न सक्दछन् ।

०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment