Comments Add Comment

गाँजा तस्करीमा तेल ट्यांकरको प्रयोग, दुईजना पक्राउ

१२ जेठ, वीरगञ्ज । बारा प्रहरीले तेल ट्याङ्करमा लुकाएर भारततर्फ लैजान लागेको अवैध लागु औषध २ सय १८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीले महोत्तरीको बर्दिबास नगरपालिका-८ बस्ने ३३ वर्षीय घनश्याम गिरी र चितवनको खैरहनी-२ बस्ने २३ वर्षीय रामकुमार दवाडीलाई पक्राउ गरेको हो ।

उनीहरु ना ४ ख २९७९ नम्बरको ट्याङ्करको चालक र सहचालक हुन् । रातो प्लाष्टिकले बेरेको १९ वटा पोकामा रहेको २ सय १८ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैयाबाट ट्याङकरमा लुकाएको गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

महमुद आलमको ग्यारेजमा रोकेर राखिएको ट्याङ्करको चेम्बरमा लुकाएर भारततर्फ लैजान लागिएको गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

‘गाँजासहित ट्याङ्करका चालक र सहचालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेका छौं।’ प्रहरी नायब उपरीक्षक श्रेष्ठले भने ‘कहाँबाट ल्याएको हो, कस्को हो भन्ने बारेमा अनुसन्धान गरिरहेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment