Comments Add Comment

पहिलो पटक ११ देशमा आयोजना हुँदैछ युरोकप

१३ जेठ, काठमाडौं । मिनी विश्वकपको रुपमा चर्चित युरोकप फुटबल पहिलो पटक युरोपका विभिन्न ११ देशमा आयोजना हुँदैछ । यसअघि एक वा दुई देश मिलेर युरोकप आयोजना गर्ने गरेका थिए ।

अहिलेसम्म १५ संस्करण सम्पन्न हुँदा १२ पटक एकै देशले आयोजना गरेको छ भने  तीन पटक भने दुई देश मिलेर आयोजना गरेका थिए ।

युरोकप २०२० मा भने ११ देशको ११ शहर आयोजकको रुपमा रहेको छ । हुन त यसअघि एउटा मात्र देशले आयोजना गर्दा त्यो देशको ११-१२ वटा स्टेडियममा खेल हुने गर्थ्यो । यसपटक देश फरक भएपनि ११ वटै स्टेडियममा खेल हुनेछ ।

सन् २०२० जुन १२ देखि जुलाई १२ सम्म हुने तय गरिएकोमा कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको हो । एक वर्ष पछि सरे पनि प्रतियोगिताको नाम भने युईएफए युरो-२०२० नै रहने युरोपियन फुटबल महासंघ युईएफएले निर्णय गरेको हो ।

किन धेरै देश आयोजक ?

युरोकपको सुरुवात सन् १९६० मा भएको थियो । त्यसबाट हरेक ४-४ वर्ष युरोकप आयोजना हुँदै आएको छ । त्यसबाट २०२० सम्म आइपुग्दा युरोकपको इतिहास ६० वर्ष पुगेको छ । यसै अवसरलाई मनाउन युरोकप धेरै देशमा आयोजना गर्ने निर्णय भएको हो ।

युक्रेनको किभमा सन् २०१२ को युरोकप फाइनल अघि तत्कालीन युईएफए अध्यक्ष मिचेल प्लाटिनीले २०२० को युरोकप एक वा जोइन्ट होस्ट भन्दा १२ वा १३ देशमा आयोजनाका लागि प्रस्ताव गरे ।

युरो सुरु भएको ६० वर्ष पुगेको अवसरमा तत्कालीन युईएफए अध्यक्ष प्लाटनीले आयरल्याण्डको डब्लिनदेखि अजरवैजानको बाकुसम्म युरोकप आयोजना गर्ने प्रस्ताव गरेका थिए । त्यसै वर्ष डिसेम्बरमा युईएफएले २०२० को युरो धेरै देशमा आयोजना गर्ने निर्णय गरेको हो ।

युईएफले सन् २०१४ मा १३ राष्ट्रमा युरोकप आयोजना गर्ने घोषणा गरेको थियो । तर बेल्जियमको ब्रसेल्समा रहेको युरोस्टेडियम निर्माणमा ढिलाइ भएकोले २०१७ मा हटाइयो । त्यसपछि १२ राष्ट्र आयोजकको रुपमा थिए । तर आयरल्याण्डको डब्लिनमा दर्शक उपस्थित हुने ग्यारेन्टी नभएकोले २०२१ को अप्रिलमा अटाइएको हो । स्पेनको पनि आयोजना स्थल पनि विल्वाओबाट सेभियामा सारिएको छ ।

यो निर्णयपछि युरोपको ११ देशको विभिन्न ११ शहरमा युरो २०२० का खेलहरु आयोजना हुनेछ । जसमध्ये सबैभन्दा धेरै दर्शक क्षमता रहेको लण्डनस्थित वेम्बली स्टेडियममा सेमिफाइनल र फाइनल खेल हुनेछ ।

उद्घाटन खेल समूह ए मा रहेका टर्की र इटलीबीच इटलीको रोमस्थित स्टाडिओ ओलम्पियामा खेलाइनेछ ।

यस पटक आफ्नै देशको होस्ट सिटी भए पनि त्यो राष्ट्रले युरोकपमा सिधै छनोट हुने व्यवस्था भने थिएन । सबै टिमले छनोट चरण पार गरेर मात्र युरोकपमा स्थान बनाएका हुन् ।

यस पटक युरोकपमा उत्कृष्ट २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । २०१६ मा फ्रान्समा भएको युरोदेखि २४ टिमले प्रतिस्पर्धा गर्न थालेका हुन् । पोर्चुगल युरोकपको साविक विजेता हो ।

कुनकुन देशमा हुनेछ युरो २०२० ?

यस पटक युरोकप इटलीको रोम, इङ्ल्याण्डको लण्डन, नेदरल्याण्ड्सको आम्स्टर्डम, अजरवैजानको बाकु, स्पेनको सेभिया, रोमानियाको बुकारेस्ट, हंगरीको बुडापेस्ट, डेनमार्कको कोपनहेगन, स्कटल्याण्डको ग्लास्गो, जर्मनीको म्युनिख र रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ ।

आयोजक ११ मध्ये ९ राष्ट्रले युरोकप २०२० खेल्दैछन् । तर रोमानिया र अजरवैजान भने छनोट हुन सकेनन् । अजरवैजानको बाखु र रोमानियाको बुखारेस्टले समान ४ खेल आयोजना गर्नेछन् ।

आयोजक राष्ट्रले समूह चरणका खेलहरु घरेलु मैदानमा खेल्न पाउनेछ । यदि दुई आयोजक एकै समूहमा परेमा सिधै छनोट हुने आयोजकले घरेलु मैदानमा खेल्नेछ ।

लण्डनमा सबैभन्दा धेरै ८ खेल हुनेछन् भने रसियाको सेन्ट पिटर्सवर्गमा ७ खेल हुनेछन् । बाँकी ९ राष्ट्रमा ४-४ खेल हुनेछ ।

युरोकपको सबै खेल सेन्ट्रल युरोपियन टाइम (सीइटी) अनुसार हुनेछ । त्यहाँको समयभन्दा नेपालको समय ३ घण्टा ४५ मिनेट अगाडि छ ।

नेपालमा ६:४५, ९:४५ र १२:४५ बजे खेल सुरु हुनेछ ।

कुन समूहको खेल कुन स्थानमा ?

समूह ए  (रोम/बाकु) :                टर्की, इटाली (आयोजक), वेल्स, स्वीट्जरल्यान्ड

समूह बी (कोपेनहेगन/सेन्ट पिटर्सवर्ग) :   डेनमार्क (आयोजक), फिनल्यान्ड, बेल्जियम, रसिया (आयोजक)

समूह सी (आम्स्टरडम/बकारेस्ट) :        नेदरल्यान्ड्स (आयोजक), युक्रेन, अष्ट्रिया, नर्थ मेसेडोनिया

समूह डी (लन्डन/ग्लास्गो) :             इंग्ल्यान्ड (आयोजक), क्रोएसिया, स्कटल्यान्ड (आयोजक), चेकरिपब्लिक

समूह ई  (सेभिया/सेन्ट पिटर्सवर्ग) :       स्पेन (आयोजक), स्वीडेन, पोल्यान्ड, स्लोभाकिया

समूह एफ (म्युनिख/बुडापेस्ट) :           हंगेरी (आयोजक), पोर्चुगल (साविक विजेता), फ्रान्स, जर्मनी (आयोजक)

कुन मैदानमा कुन-कुन खेल हुनेछ ?

योहान क्रुफ एरेना, आम्सटर्डम, नेदरल्याण्ड्स

समूह सी:  नेदरल्यान्डस्विरुद्ध युक्रेन (राति १२:४५ बजे/आम्स्टर्डम)

समूह सी:  नेदरल्यान्ड्सविरुद्ध अष्ट्रिया (राति १२:४५ बजे/आम्स्टर्डम)

समूह सी:  नर्थ मेसेडोनियाविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे/आम्स्टर्डम)

प्रिक्वाटरफाइनल : समूह ए को उपविजेता र समूह बी को उपविजेता (राति ९:४५ बजे/आम्स्टर्डम)

बाकु ओलम्पियक स्टेडियम, बाकु/अजरवैजान

समूह ए:  वेल्सविरुद्ध स्वीट्जरल्यान्ड्स (साँझ ६:४५ बजे/बाकु)

समूह ए:  टर्कीविरुद्ध वेल्स (राति ९:४५ बजे/बाकु)

समूह ए:  स्वीट्जरल्यान्डविरुद्ध टर्की (राति ९:४५ बजे/बाकु)

क्वाटरफाइनल : ४७. खेल नम्बर ४० को विजेता र खेल नम्बर ३८ को विजेता (राति ९:४५ बजे/बाकु)

नेशनल एरेना बखारेस्ट, बखारेस्ट, रोमानिया

समूह सी: अष्ट्रियाविरुद्ध नर्थ मेसेडोनिया (राति ९:४५ बजे/बुकारेस्ट)

समूह सी:  युक्रेनविरुद्ध नर्थ मेसेडोनिया (राति ६:४५ बजे/बुकारेस्ट)

समूह सी:  युक्रेनविरुद्ध अष्ट्रिया (राति ९:४५ बजे/बुकारेस्ट)

प्रिक्वाटरफाइनल : ४२. समूह एफको विजेता र समूह ए/बी/सीको तेस्रो हुने टोली (राति १२:४५ बजे/बुकारेस्ट)

 

पुस्कास एरेना, बुडापेष्ट, हंगेरी

समूह एफ:  हंगेरीविरुद्ध पोर्चगल (राति ९:४५ बजे/बुडापेस्ट)

समूह एफ:  हंगेरीविरुद्ध फ्रान्स (राति ६:४५ बजे/बुडापेस्ट)

समूह एफ:  पोर्चुगलविरुद्ध फ्रान्स (राति १२:४५ बजे/बुडापेस्ट)

प्रिक्वाटरफाइनल : समूह सी को विजेता र समूह डी/ ई/एफको तेस्रो हुने टोली (राति ९:४५ बजे/बुडापेस्ट)

पार्केन स्टेडियमा, कोपनहेगन, डेनमार्क

समूह बी:  डेनमार्कविरुद्ध फिनल्यान्ड (राति ९:४५ बजे/कोपेनहेगन)

समूह बी:  डेनमार्कविरुद्ध बेल्जियम (राति ९:४५ बजे/कोपेनहेगन)

समूह बी:  रसियाविरुद्ध डेनमार्क (राति १२:४५ बजे/कोपेनहेगन)

प्रिक्वाटरफाइनल : ४१. समूह डी को उपविजेता र समूह ई को उपविजेता (राति ९:४५ बजे/कोपेनहेगन)

हाम्पडेन पार्क, ग्लास्गो, स्कटल्याण्ड

समूह डी:  स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक (राति ६:४५ बजे/ग्लास्गो)

समूह डी:  क्रोएसियाविरुद्ध चेक रिपब्लिक (राति ९:४५ बजे/ग्लास्गो)

समूह डी:  क्रोएसियाविरुद्ध स्कटल्यान्ड (राति १२:४५ बजे/ग्लास्गो)

प्रिक्वाटरफाइनल : ४४. समूह ई को विजेता र समूह ए/बी/ सी/डीको तेस्रो हुने टोली (राति १२:४५ बजे/ग्लास्गो)

वेम्बली स्टेडियम, लण्डन, इंग्ल्याण्ड

समूह डी:  इंग्ल्यान्डविरुद्ध क्रोएसिया (राति ६:४५ बजे/लन्डन)

समूह डी:  इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड (राति १२:४५ बजे/लन्डन)

समूह डी:  चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे/लन्डन

प्रिक्वाटरफाइनल: समूह डी को विजेता र समूह एफ को उपविजेता (राति ९:४५ बजे/लन्डन)

प्रिक्वाटरफाइनल : समूह ए को विजेता र समूह सी को उपविजेता (राति १२:४५ बजे/लन्डन)

सेमिफाइनल : खेल नम्बर ४६ को विजेता र खेल नम्बर ४५ को विजेता (राति १२:४५ बजे लन्डन) क्वाटरफाइनल २ र १ को विजेता

सेमिफाइनल : खेल नम्बर ४८ को विजेता र खेल नम्बर ४७ को विजेता (राति १२:४५ बजे लन्डन) क्वाटरफाइनल ४ र ३ को विजेता

फाइनल : खेल नम्बर ४९ र खेल नम्बर ५० को विजेता (राति १२:४५ बजे/लन्डन) सेमिफाइनल १ र २ को विजेता

फुटबल एरेना म्युनिख, म्युनिख, जर्मनी

समूह एफ:  फ्रान्सविरुद्ध जर्मनी (राति १२:४५ बजे/म्युनिख)

समूह एफ:  पोर्चुगलविरुद्ध जर्मनी (राति ९:४५ बजे/म्युनिख)

समूह एफ:  जर्मनीविरुद्ध हंगेरी (राति १२:४५ बजे/म्युनिख)

क्वाटरफाइनल : खेल नम्बर ३९ को विजेता र खेल नम्बर ३७ को विजेता (राति १२:४५ बजे/म्युनिख)

ओलम्पिक स्टेडियमा, रोम, इटली

समूह ए:  टर्कीविरुद्ध इटाली (राति १२:४५ बजे/रोम)

समूह ए:  इटालीविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे/रोम)

समूह ए:  इटालीविरुद्ध वेल्स (राति ९:४५ बजे/रोम)

क्वाटरफाइनल : खेल नम्बर ४४ को विजेता र खेल नम्बर ४३ को विजेता (राति १२:४५ बजे/रोम)

सेन्ट पिटर्सवर्ग स्टेडियम, सेन्ट पिटर्सवर्ग, रसिया

समूह बी:  बेल्जियमविरुद्ध रसिया (राति १२:४५ बजे/सेन्ट पिटर्सवर्ग)

समूह ई:  पोल्यान्डविरुद्ध स्लोभाकिया (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)

समूह बी:  फिनल्यान्डविरुद्ध रसिया (राति ६:४५ बजे/सेन्ट पिटर्सवर्ग)

समूह ई:  स्वीडेनविरुद्ध स्लोभाकिया (राति ६:४५ बजे/सेन्ट पिटर्सवर्ग)

समूह बी:  फिनल्यान्डविरुद्ध बेल्जियम (राति १२:४५ बजे/सेन्ट पिटर्सवर्ग)

समूह ई:  स्वीडेनविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग

क्वाटरफाइनल : खेल नम्बर ४२ को विजेता र खेल नम्बर ४१ को विजेता (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)

स्टेडियम ला कार्टुया, सेभिया, स्पेन

समूह ई:  स्पेनविरुद्ध स्वीडेन (राति १२:४५ बजे/सेभिया)

समूह ई: स्पेनविरुद्ध पोल्यान्ड (राति १२:४५ बजे/सेभिया)

समूह ई:  स्लोभाकियाविरुद्ध स्पेन (राति ९:४५ बजे/सेभिया)

प्रिक्वाटरफाइनल : ४०. समूह बी को विजेता र समूह ए/डी/ई/एफको तेस्रो हुने टोली (राति १२:४५ बजे/सेभिया)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment