+

विराटनगर किङ्सले सार्वजनिक गर्‍यो नयाँ मस्कट

२०८२ कात्तिक  २ गते २०:०५ २०८२ कात्तिक २ गते २०:०५
विराटनगर किङ्सले सार्वजनिक गर्‍यो नयाँ मस्कट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगर किङ्सले नेपाल प्रिमियर लिग दोस्रो सिजनका लागि 'पूर्वेली राजा' नामक अर्ना मस्कट सार्वजनिक गरेको छ।
  • अर्ना कोशी क्षेत्रको रैथाने लोपोन्मुख जनावर हो र शक्ति तथा सहनशीलताको प्रतीक मानिन्छ।
  • विराटनगर किङ्सले सन्दीप लामिछानेसहित विभिन्न खेलाडीलाई रिटेन र अनुबन्ध गरेको छ।

२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि विराटनगर किङ्सले ‘पूर्वेली राजा’ नामक आफ्नो नयाँ मस्कट अर्ना सार्वजनिक गरेको छ।

अर्ना कोशी क्षेत्रको रैथाने जनावर हो, जुन अहिले लोपोन्मुख अवस्थामा छ। यसलाई शक्ति र सहनशीलताको प्रतीक मानिन्छ।

विराटनगर किङ्सले अर्नालाई मस्कट बनाएर आफ्नो क्षेत्रको प्राकृतिक सम्पदाप्रति सम्मान जनाएको छ र यस दुर्लभ जनावरको संरक्षणका लागि जनचेतना फैलाउने सन्देश दिएको छ।

‘पूर्वेली राजा’ नामले कोशी प्रदेश र विराटनगरको गौरव झल्काउँछ। टिमका अनुसार यो म्यास्कटले शक्ति, साहस र जिम्मेवारीको प्रतीकका रूपमा टिमलाई मैदानभित्र र बाहिर दुवै ठाउँमा प्रेरणा दिनेछ।

विराटनगर किङ्सले अर्नामार्फत समर्थकहरूमा गर्व, अपनत्व र प्रकृतिसँगको सम्बन्ध जगाउने लक्ष्य राखेको जनाएको छ। एनपीएल नजिकिँदै गर्दा ‘पूर्वेली राजा’ अर्ना शक्ति र क्षेत्रीय गौरवको प्रतीकका रूपमा टिमसँग अघि बढ्न तयार भएको किङ्सले जनाएको छ।

विराटनगरले दोस्रो सिजनका लागि मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ ।

अक्सनबाट विराटनगरले सूर्य तामाङ, साहिल पटेल र नारायण जोशी अनुबन्ध गर्दा विश लिस्टबाट शर्वन किस्कु र शंकर राना अनुबन्ध गरेको छ ।

साथै विदेशी खेलाडीका रूपमा जर्ज मन्सेसाम हिजलेटलाई अनुबन्ध गरिसकेको छ ।

एनपीएल क्रिकेट एनपीएल २०२५ विराटनगर किङ्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय