+
+

लुम्बिनीका विपक्षी दलले भने- राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधान धरापमा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १३ गते १९:५५
फाइल तस्वीर

१३ जेठ, बुटवल । लुम्बिनी प्रदेशका विपक्षी पाँच दलले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठका कारण संविधान धरापमा परेको बताएका छन् । मध्यरातमा संसद विघटन र असंवैधानिक चुनावको घोषणाले संविधानमार्फत संस्थागत गरिएको लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक, समावेशिता र धर्मनिरपेक्षता धरापमा परेको पाँच दलले ठहर गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कार्यालय सचिव सुदर्शन बराल, नेकपा (एमाले) प्रदेश कार्यालय सचिव खेम लुइँटेल, जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलमले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतिगमनको पराजय निश्चित रहेको बताएका छन् ।

लिखित र मौखिक रुपमा अल्पमतमा परेको स्वीकार गरिसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः राष्ट्रपतिसँग साँठगाँठ गरी जेठ ७ गते मध्यरातमा षड्यन्त्रमूलक ढंगले संविधानको धज्जी उडाएर संसद विघटन गरी चुनावको घोषणा गर्नु असंवैधानिक रहेको उनीहरुको भनाइ छ ।

‘प्रधानमन्त्री ओलीको असंवैधानिक, अराजनैतिक, अनैतिक र जनविरोधी क्रियाकलापको घोर निन्दा र भत्र्सना गर्दै २१ औं शताब्दीका स्वाभिमानी चेतनशील जनताको अग्रगामी चेतनाको अगाडि लेण्डुप पथमा लैजान खोजेको प्रतिगमन परास्त भई छाड्ने विश्वास व्यक्त गर्दछौं,’ पाँच दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस पाँच दलको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?