+
+

कोरोना रोकथाम तथा नियन्त्रणका लागि निफ्राले दियो ४९ लाख

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते १८:३९

१३ जेठ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत कोरोना रोकथाम तथा नियन्त्रणका लागि ४९ लाख रुपैयाँ सहयोग गरेको छ ।

निफ्राले कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई प्रति अस्पताल–आइसोलेसन केन्द्र ७ लाख रुपैयाँका दरले जम्मा ४९ लाख रुपैयाँ रकम सहयोग गरेको हो ।

उल्लेखित सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?