+
+

अस्पतालहरुमा २५ लाख बराबरको उपकरण सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते २०:२२

अस्पतालहरुमा राउण्ड टेबल नेपालले २५ लाख बराबरको उपकरण सहयोग गरेको छ ।  कोविड १९ ले सिर्जना गरेको यस विषम परिस्थितिमा संस्थाले ‘प्रोजेक्ट लाइफ लाइन’ सुरु गरेको छ  ।

जस अन्तर्गत विभिन्न अस्पतालहरुमा कोविड १९ बाट संक्रमित गम्भीर बिरामीहरुको उपचारका निम्ति अपरिहार्य रुपमा चाहिने BiPaP र HFNC जस्ता जीवन उपयोगी उपकरणहरु निशुल्क वितरण गरेको छ । यसले आर्थिक अवस्था कम्जोर भएका कोविड १९ का बिरामीहरुलाई धेरै सहयोग पुग्ने विश्वाश राउण्ड टेबल नेपालले लिएको छ। BiPaP भेण्टिलेशन, थेरापीको एउटा प्रकार हो, जसले कोविड १९ बाट संक्रमित गम्भीर बिरामीहरुलाई सास फेर्न सहज बनाउँछ।

यो प्रोजेक्ट एक हप्ता अगाडि सुरुवात गरिएको हो र यस अन्तर्गत राउण्ड टेबल नेपालले २५ वटा उपकरण वितरण गरिसकेको छ । जसको सरदर मूल्य ने रु २५ लाख रहेको छ। वितरण गरिएका अस्पताल र उपकरण संख्या निम्न बमोजिम रहेका छन् :

BiPaP उपकरण वितरण गरिएका अस्पतालहरू

१. दुनै जिल्ला अस्पताल, डोल्पा – १

२. गमगढी जिल्ला अस्पताल, मुगु – १

३. कालिकोट जिल्ला अस्पताल – १

४. हुम्ला जिल्ला अस्पताल – १

५. जाजरकोट जिल्ला अस्पताल – १

६. भीमा अस्पताल, भैरहवा – १

७. सिद्धार्थ महिला तथा बालबालिका अस्पताल, बुटवल – २

८. पाटन अस्पताल – २

९. सेती प्रदेशीय अस्पताल, धनगढी – २

BiPaP उपकरण नि:शुल्क भाडामा दिइएका अस्पतालहरू

१. शसस्त्र प्रहरी बल अस्पताल – ५

२. नेपाल प्रहरी अस्पताल – ५

३. जे एंड जे क्लिनिक – १

४. बीर अस्पताल – २

सो उपकरणहरु खरिद र वितरणका लागि लागेको सबै रकम राउण्ड टेबल नेपालकै सदस्यहरुबाट उठाइएको हो । प्रोजेक्ट लाइफ लाइनअन्तर्गत कम्तिमा पनि ५० उपकरण देशभरका अस्पतालमा वितरण गर्ने लक्ष्य राउण्ड टेबल नेपालले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?