+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कैलालीमा गुम्बाका संरक्षकविरुद्ध बालयौन दुर्व्यवहारको मुद्दा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १४:०५

१५ जेठ, धनगढी । कैलालीमा यौन हिंसा गरेको आरोपमा पक्राउ परेका गुम्बाका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका–२ वनखेतस्थित अहिंसावादी विश्वशान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

गुम्बामा रहेका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ परेका लामाविरुद्ध बाल यौन दुर्व्यवहारको मुद्दा शुक्रबार दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । गुम्बामा आश्रित दुई जना बालिकाका अभिभावक र एकजनाको तर्फबाट शान्ति पुनस्र्थापना केन्द्र धनगढीले लामाविरुद्ध किटानी जाहेरी दिएका थिए । सोहीअनुसार मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप गर्दै उनीमाथि अनुन्धान थालिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।

गुम्बामा रहेका केही बालिकाले संरक्षक लामाले आफूहरुमाथि यौन हिंसा गरेको सार्वजनिक रुपमा बताएपछि बिहीबार प्रहरी टोली गुम्बामा पुगेको थियो । २०६५ सालमा स्थापित उक्त गुम्बामा लामाले आश्रित बालबालिकालाई पढाउँदै आएका थिए ।

गुम्बाबाट ९ बालबालिकाको उद्दार

उक्त गुम्बामा बस्दै आएका ६ बालिकासहित ९ बालबालिकाको उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र शान्ति पुर्नस्थापना केन्द्र धनगढीले संयुक्त रुपमा उनीहरुको उद्दार गरेको हो ।

शान्ति पुर्नस्थापना केन्द्र धनगढीका प्रमुख उमेश शिवाकोटीले ६ बालिका र ३ जना उनीहरुका भाइको उद्दार गरिएको जानकारी दिए । उनीहरुलाई अहिले शान्ति पुनर्स्थापना केन्द्रमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?