Comments Add Comment

वर्षाको आग्रह–‘नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट चाहियो’

नेपाल सरकारले आर्थिक वर्ष २०७८–०७९ का लागि शनिबार सार्वजनिक गरेको बजेटमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । नेपाली चलचित्रका कलाकारहरुले पनि यसलाई मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

विशेषगरि, चलचित्रको नविकरण र इजाजतका लागि छुट दिने निर्णयले निर्मातालाई राहत मिलेको छ । विद्युत डिमाण्ड शुल्क छुट दिने निर्णयले हल संचालकहरुलाई राहत मिलेको छ ।

यसैविच, नायिका वर्षा सिवाकोटीले भने बजेट सधै नै राम्रो र आनन्द लाग्ने खालको नै आउने प्रतिक्रिया दिएकी छिन् । उनले लेखेकी छिन्–‘बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो । यो पटक झन् राम्रो र कर्णप्रिय लाग्दैछ । तर, भाषण सकिने वित्तिकै एक अर्कालाई सत्तोसराप सुरु हुने निश्चित छ ।’

वर्षाले नेताको दिनहुँको किचलोले भने जनतालाई दिक्क बनाएको धारणा व्यक्त गर्दै अगाडि लेखेकी छिन्–‘यो कुरा वुझाउन नेतालाई पढाउने र वुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने ।’

वर्षाले बजेट राम्रो आएपनि नेताहरुले एक अर्कालाई गाली गलौज गर्न र झगडा गर्न नछाडेको भन्दै यो बिषयमा वुझाउनका लागि उनीहरुलाई तालिम दिनुपर्ने आशयको धारणा व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment