
१७ जेठ, काठमाडौं । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
खरेलको पिसीआर रिपोर्ट नेगेटिभ आएको नेपाल प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. सञ्जय श्रेष्ठले अनलाइनखबरलाई बताए ।
उनका अनुसार खरेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ र उनी नर्मल बेडमा बसिरहेका छन् । सम्भवतः साँझसम्ममा खरेलको डिस्चार्ज हुने पनि अस्पतालले जनाएको छ ।
तीन साताअघि कोरोना संक्रमण भएका उनलाई निमोनिया भएपछि भ्यान्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4