+
+

प्रधानमन्त्रीको स्पष्टीकरण : भोट आकर्षित गर्ने घटिया काम गर्दैनौं

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १७ गते १७:१४

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि भनेर सरकारले पपुलिस्ट काम नगर्ने दाबी गरेका छन् ।

मध्यावधि निर्वाचन प्रभावित गर्ने गरी लोक रिझाउने बजेट ल्याएको भन्दै विपक्षी दलहरुले आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीले भने त्यसको खण्डन गरेका छन् । ‘जनताको सेवा होइन, भोट आकर्षित गर्ने घटिया काम गर्दैनौं’ पार्टीसम्वद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘त्यस्ता घटिया काम सरकारले गर्दैन ।’

कुन पार्टीले जित्छ कि जित्दैन भन्ने सरकारको प्राथमिकता नभएको उनले बताए । प्रधानमन्त्री ओलीले अघि भने, ‘एउटा चुनाव जितित्छ कि हारिन्छ भनेर होइन लोकतन्त्र जित्छ र हार्छ भनेर हेर्छ । लोकतन्त्र जिताउन चाहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?