Comments Add Comment

आइसोलेसन सेन्टरलाई रोटरी क्लबको सहयोग

फाइल तस्वीर

१७ जेठ, काठमाडौं । काठमाडौंको तिलगंगास्थित शारदा माविमा बनाइएको आइसोलेसन सेन्टरलाई रोटरी क्लबले सहयोग गरेको छ । काठमाडौं महानगरपालिका–९, मात्रिका आँखा केन्द्र र स्थानीय युथ क्लबको सहयोगमा उक्त आइसोलेसन सेन्टर बनाइएको हो ।

रोटरी क्लबको विभिन्न शाखाले समग्रमा २९ बेड बराबर हुन आउने रकम ४ लाख ३० हजार रुपैयाँ सहयोग गरेको हो । जसमध्ये बानेश्वर शाखाले १६ बेड र २ लाख ३५ हजार रुपैयाँ, पशुपति शाखाले ११ बेड र १ लाख ६५ हजार रुपैयाँ तथा ठमेल शाखाले २ बेड र ३० हजार रुपैयाँ आइसोलेसन सेन्टरलाई हस्तान्तरण गरेका रोटरी क्लब बानेश्वरले जानकारी दिएको छ ।

चेक हस्तन्तरण रोटरी क्लब बानेश्वरका चाटर्ड प्रेसिडेन्ट विष्णुबहादुर कार्की, पाष्ट प्रेसिडेन्ट दिलीप कुमार भट्टराई र प्रेसिडेन्ट इलेक्ट महेन्द्र राज भुसालले संयुक्त रुपमा गरेका थिए ।

रोटरी क्लब बानेश्वरले एक स्पेसल फोल्डिङ बेड, एक ह्वीलचेयर र १० पीपीई सेट पनि आइसोलेसन सेन्टरलाई सहयोग गरेको छ ।

त्यस्तै रोटरी क्लब बानेश्वर शाखाले वीर अस्पताललाई पनि ९० पीपीई सेट र एक सय एन–९५ मास्क हस्तान्तरण गरेको छ । रोटरी क्लब बानेश्वरले सहयोगभन्दा पनि आफूहरुले स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनका लागि सहयोग गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment