Comments Add Comment

छिमेकी हत्या आरोप लागेका युवक पुर्पक्षका लागि थुनामा

१८ जेठ, जनकपुरधाम । सर्लाहीमा आगो लगाएर छिमेकीको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

अर्का प्रतिवादीलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिए पनि तिर्न नसकेपछि उनी पनि थुनामा गएका छन् ।

गत वैशाख २० गते ईश्वरपुर नगरपालिका-१२ घारीबथानका ५८ बर्षीय सियाशरण राय घर अगाडिको आँप बगैचामा आगोले जलेर घाइते भएका थिए । उनको उपचारको क्रममा वैशाख २१ गते काठमाडौंमा मृत्यु भएको थियो ।

उनलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा छिमेकी ३५ बर्षीय शिवजी साह र सुनीता साह पक्राउ परेका थिए ।

सोमबार जिल्ला अदालतमा भएको थुनछेक बहसमा शिवजीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

अर्की प्रतिवादी सुनीतालाई अदालतले २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकामा उनले सो धरौटी तिर्न नसक्दा उनलाई पनि थुना पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment