+

नेदरल्याण्ड्सका गोलकिपर सिलेसन कोरोनाका कारण युरोकपबाट बाहिरिए

२०७८ जेठ  १९ गते ५:४६ २०७८ जेठ १९ गते ५:४६
नेदरल्याण्ड्सका गोलकिपर सिलेसन कोरोनाका कारण युरोकपबाट बाहिरिए

१९ जेठ, काठमाडौं । नेदरल्याण्ड्सका गोलकिपर ज्यास्पर सिलेसनले आगामी जुनदेखि सुरु हुने युरोकप गुमाउने भएका छन् ।

कोरोना पोजेटिभ भएपछि सिलेसन नेदरल्याण्ड्सको युरोकप टोलीबाट बाहिरिएका हुन् । यसअघि नै नेदरल्याण्ड्सले सिलेसनसहित २६ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको थियो । तर कोरोना संक्रमणका कारण सिलेसन अब युरोकप २०२० मा देखिने छैनन् ।

डच फुटबल संघले सिलेसनले युरोकप गुमाउने पुष्टि गर्दै उनको स्थानमा मार्को बिजोटलाई टिममा राखिएको जनाएको छ । सिलेसनलाई गत साता कोरोना पोजेटिभ देखिएको र उनी आइसोलेसनमा बसिरहेको संघले जनाएको छ । सिलेसन अन्तिम टिममा परेपछि कोरोना संम्रकमण भएर युरो गुमाउने पहिलो खेलाडी बनेका छन् ।

जुन ११ मा युरो सुरु हुनु अघि सम्म सहभागि राष्ट्रले कुनै खेलाडी घाइते भएमा वा कोभिड१९ भएमा परिवर्तन गर्न पाउने प्रावधान छ । नेदरल्याण्ड्सका प्रशिक्षक फ्रान्क डे बोएरले सिलेसनका लागि दु:खी भएपनि निर्णय लिनैपर्ने बताए ।

प्रशिक्षक बोएरले सिलेसन यस बारे मंगलबार बिहान जानकारी गराएको र टिममा राख्न नसकिकेन बताएका थिए ।

युरोकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय