Comments Add Comment

ललितपुरका सीडीओ भन्छन् : पुस्तक पसल खोल्ने तयारी छैन

१९ जेठ, काठमाडौं । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले अब थप हुने निषेधाज्ञामा पुस्तक पसल खोल्ने तयारी नरहेको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमा पुस्तक पसल र स्टेसनरी खोल्ने तयारी रहेको विषय चर्चामा आएपछि निरौलाले पुस्तक पसल खोल्ने तयारी नरहेको स्पष्ट पारेका हुन् ।

काठमाडौंको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकमा सो विषयमा कुरा उठेपछि पुस्तक पसल खोल्ने विषयले चर्चा पाएको थियो । यद्यपि काठमाडौं प्रशासनका अधिकारीहरुले पनि पुस्तक पसल खोल्ने तयारी नगरेको स्पष्ट पारेका छन् ।

पुस्तक पसल खोल्दा पुस्तक किन्ने बहानामा धेरैको हिँडडुल हुने भएकोले यस्तो निर्णय गर्न नहुने विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहमत रहेको निरौलाले जानकारी दिए ।

‘पुस्तक किन्ने बाहानामा मान्छेको भिड बढ्न सक्छ, त्यसैले पुस्तक पसल खोल्ने तयारी छैन ।’ निरौलाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment