
भारतमा चलचित्रहरु हलमा कहिले रिलिज हुन्छन् टुंगो छैन । दैनिक एक लाख भन्दा बढी कोरोनाका कारण संक्रमित भैरहेका छन् । यसैले, पनि भारतमा हलहरु तत्काल खुल्ने संभावना छैन । यसैले पनि बलिउडमा कम बजेटमा बनेका चलचित्रहरु धमाधम ओटीटीमा रिलिज भैरहेका छन् ।
यसैविच, चलचित्र ‘भूत पुलिस’ पनि ओटीटीमा रिलिज हुने भएको छ । हट स्टारबाट रिलिज हुन लागेको यो चलचित्रलाई महंगो रकममा खरिद गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
यो चलचित्रमा सैफअली खान, अर्जुन कपुर, ज्याकलिन फर्नान्डेज र यमी गौतमको मुख्य भूमिका छ ।
रमेश तौरानीको निर्माणमा बनेको यो चलचित्रलाई स्टार नेटवर्कले खरिद गरेको हो । यो चलचित्रको बजेट ४० करोड रहेको बताइएको छ । यसैले, निर्माताले चलचित्रबाट २० करोड कमाई गरेका छन् । यस्तै, चलचित्रको म्यूजिक राइट्सबाट पनि केही रकम निर्मातालाई प्राप्त हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4