+
+

कञ्चनपुरमा लागुऔषधसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २२ गते ७:१३

२२ जेठ, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका छुट्टा-छुट्टै स्थानबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले विशेष सूचनाका आधारमा खटिएको टोलीले भीमदत्त नगरपालिका-१ भाँसीबाट २ जना र बेलौरी नगरपालिका-७ कालोपुलबाट २ जानालाई पक्राउ गरिएको जानकारी दिए ।

भीमदत्त नगरपालिकाको भाँसीबाट बेदकोट नगरपालिका-१ का २१ वर्षीय श्याम पाल र १९ वर्षीय सुरेन्द्र पाललाई पक्राउ गरिएको डीएसपी थापाले बताए । उनीहरुको साथबाट ५.०५ ग्राम खैरो हिरोइन बरामद गरिएको छ।

यस्तै बेलौरी नगरपालिकाबाट कैलालीको धनगढी उपमहानगरपालिका-८ बस्ने २७ वर्षीय अम्लेसकुमार शाह र सोही ठाउँका २६ वर्षीय खड्कराज अवस्थीलाई पक्राउ गरिएको डीएसपी थापाले जानकारी दिए ।

उनीहरुको साथबाट ०.७५० ग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?