+
+
Shares

बाबुरामको कटाक्षः नाकावन्दीको समर्थक र विरोधी कसरी एकै ठाउँ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २२ गते १०:०९

२२ जेठ, काठमाडौं । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष शुक्रबार सरकारमा सहभागी भएपछि सोही पार्टीका अर्का नेता डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ भनेर प्रश्न गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा नेता भट्टराईले ‘यक्ष प्रश्न’ भन्दै लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रियतावादको कुरा गरेर मधेशी मतदाता ठग्ने कसरी एकै ठाम ?’


उनले अर्को प्रश्न पनि गरेका छन्, ‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाको ठाकुर र महतो पक्षका आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सहभागी गराई मन्त्रिपरिषद पुनर्गठन गरेका थिए ।

जसपाका अर्का अध्यक्ष भट्टराई र उपेन्द्र यादव भने ओली नेतृत्वको सरकारमा सहभागी हुन नहुने बरु यो सरकारको विकल्प खोज्ने भन्दै कांग्रेस, माओवादीलगायतको विपक्षी गठबन्धनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?