Comments Add Comment

लागुऔषधसहित कैलाली र कञ्चनपुरमा ७ जना पक्राउ

२३ जेठ, धनगढी । प्रहरीले लागुऔषधसहित कैलाली र कञ्चनपुरमा ७ जना पक्राउ परेका छन् । कञ्चनपुरमा ५ र कैलालीमा २ जनालाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले विशेष सूचनाका आधारमा खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

दोधाराचाँदनी नगरपालिका-१ बाट भारतको उत्तराखण्ड राज्यको जिल्ला चम्फावत ग्राम भजनपुरका २१ वर्षीय अमन चन्दलाई ११.८७ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको उनले बताए । उनी सवार भारतीय युके०६एइ९७५८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।

दोधाराचाँदनी नगरपालिका-६ का १८ वर्षीय आदीप मगर र सोहीका ठाउँका १८ वर्षकै सार्थक शर्मालाई ६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो भने उनीहरु सवार सुप प्रदेश०२००३प ३८०० नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ ।

पुनर्वास नगरपालिका-६ ‘ङ’ गाउँका २३ वर्षीय मनोज सुनार र कैलालीको गोदावरी नगरपालिका-४ बस्ने २३ वर्षीय तेज विकलाई पनि पक्राउ गरिएको छ । उनीहरुको साथबाट नेट्राभेट ३४ ट्याबलेट र स्पामोबोका प्लस १८ ट्याबलेट बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

कैलाली प्रहरीले भजनी नगरपालिकाबाट लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ३० ग्राम खैरो हिरोइनसहित बर्दगोरिया गाउँपालिका १ का २५ वर्षीय धिरेन्द्र बम र सोही ठाउँमा २४ वर्षीय डबल भुललाई पक्राउ गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment