+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

कोभिड फण्डमा पुष्पतारा केडिया सेवा फाउण्डेशनको ५ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते १२:३०

केडिया अर्गनाइजेशन अन्र्तगत पुष्पतारा केडिया सेवा फाउण्डेशनले नेपाल उद्योग परिसंघद्वारा गठित कोभिड फण्डमा पाँच लाख रुपैयाँ योगदान गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोभिड-१९ बाट सृजित वर्तमान अवस्थालाई मध्यनजर गर्दै उक्त सहयोग गरेको हो ।

फाउण्डेशनद्वारा सहयोग गरिएको सो रकमले अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पीपीई खरिद तथा व्यवस्थापनको लागि एक महत्वपुर्ण योगदान हुने विश्वास लिएको छ ।

पुष्पतारा केडिया सेवा फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद एवं सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको एवं गैर नाफामूलक सामाजिक संस्थाको रुपमा सक्रियताका साथ यस क्षेत्रमा कार्य गर्दै आइरहेको छन् ।

यसका साथसाथै पुष्पतारा केडिया सेवा फाउण्डेशनले आफनोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नै नेपाल चेम्बर अफ कमर्शको कोभिड फण्डमा समेत नगद २ लाख रुपैयाँ प्रदान गरेको छ । सो रकम समेत अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पीपीई खरिद तथा व्यवस्थापनका निम्ति सहयोगको एक कोषेढुङ्गा हुनेमा फाउण्डेशन विश्वस्त रहेको छ ।

कोभिड १९ को महामारीमा यस फाउण्डेशनद्धारा प्रदान गरिएको सो सहयोग रकमले आम जनतालाई राहत पुग्ने फाउण्डेशनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?