+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सुलेमानको निर्देशनमा ‘इकुपिताङ’

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते १३:४४

कलाकार सुलेमान शंकरले ‘इकुपिताङ’ नामक हाँस्यश्रृङ्खला मार्फत दर्शकमाझ आफूलाई प्रस्तुत गर्ने तयारी गरेका छन् । हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘इकु’ नामक पात्रको भूमिका निर्वाह गरेपछि उनी चर्चामा आएका थिए । पछि उनले यही नाममा २ वटा चलचित्र पनि निर्माण गरे । यसपछि भने दर्शकबाट केही टाढा जस्तो देखिएका सुलेमान अब आफ्नै निर्देशनमा ‘इकुपिताङ’ नामक हाँस्य सिरियल ल्याउने तयारीमा छन् ।

यो सिरियलमा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय छ । सुलेमान केही समय अगाडि ‘हल्का रमाइलो’ नामक हाँस्य सिरियलमा पनि देखिएका थिए ।

ग्लोबल टिभी एचडी र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्लोबल टिभी एचडिबाट असारको दोश्रो साताबाट प्रशारण हुनेछ ।

सुलमानले दर्शकको चाहना अनुसार नै आफू सानो पर्दामा फर्किन लागेको बताएका छन् । उनले, यसपटक इकु पात्रलाई फरक तरिकाले प्रस्तुत गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?