Comments Add Comment

प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको आरोपमा तीनजना पक्राउ

२४ जेठ, रौतहट।गरुडा नगरपालिका-२ गेडही गुठीस्थित विवाह घरमा प्रहरीमाथि ढुंगामुढा प्रहार गरी घाइते बनाएको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय सुनिल कुमार सहनी, ३३ वर्षीय दिलिप सहनी र कटहरिया नगरपालिका-६ फत्तेपुर बस्ने ३७ वर्षीय राधा साह रहेका छन् ।

सोही ठाउँ बस्ने १९ वर्षीय सुजित कुमार सहनीको विवाहमा निषेधाज्ञाको समयमा मापदण्ड विपरीत मानिसहरुको उपस्थितिमा डिजे बाजा बजाएको उनीहरुमाथि आरोप छ ।

ईलाका प्रहरी कार्यालय शिवनगर तथा गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले बाजा बन्द गराउने क्रममा उल्टै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ढुंगामुढा प्रहारबाट घाइते भएका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको झाजपुलस्थित ग्रेण्डी हस्पिटलमा उपचार भइरहेको छ भने अन्य ६ जना प्रहरी कर्मचारीहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment